कक्षा १२ को परीक्षाफल प्रकाशित, यस्तो छ हेर्ने तरिका !

समाचार

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको हो । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ ।

बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ‘ननग्रेडेड’ भएका छन् । गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये २ विषयसम्म एनएजी ‘ननग्रेडेड’ आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका छन् ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । -नतिजा हेर्ने तरिका

वेबसाइट

विगतमा झैँ यस वर्षको कक्षा १२ को नतिजा पनि नेपाल टेलिकम र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट हेर्ने व्यवस्था रहेको छ ।

-टेलिकमकाे वेबसाइटमा नतिजा हेर्न यहाँ www.nepaltelicom  र परीक्षा बोर्डको वेबसाइटबाट नतिजा हेर्न यहाँ http://www.neb.gov.np/ क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ माथिको बक्समा सिम्बाेल नम्बर र तलको बक्समा जन्ममिति राख्नपर्ने हुन्छ । (जन्ममिति राख्दा वर्ष/महिना/दिन (जस्तै २०६०/०१/१४) ।

त्यसपछि तल रहेको सब्मिट बटनमा ट्याप गर्‍यो भने आफ्नो नतिजा हेर्न सकिन्छ ।

एसएमएस

नतिजा सार्वजनिक भएपछि एसएमएसमार्फत पनि हेर्न सकिन्छ । नतिजा सार्वजनिक भएको केही समयपछि मात्र वेबसाइटबाट हेर्न सकिने भएकाले नतिजा सार्वजनिक भए लगत्तै एसएमएसबाट हेर्न सकिन्छ ।

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

यूएसएडी

*1600# डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।

आईभीआर

-सबैभन्दा पहिले आफ्नो फोनमा 1601 डायल गरेर कल गर्नुहोस् ।

-त्यसपछि त्यहाँ भने बमोजिम आफ्नो सिम्बोल नम्बर थिच्नुहोस् ।

-त्यसपछि तपाईंले आफूले प्राप्त गरेको जीपीए तथा ग्रेड थाहा पाउन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *