काठमाडौँ : सरकारले भुकम्प प्रभावित जिल्लाहरू जाजरकोट र रुकुम पूर्व र पश्चिममा नेपाल टेलिकमको नेटवर्कबाट फोन तथा म्यासेज गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमबाट फोन र एसएमएस गर्दा शुल्क नलाग्ने टेलिकमले दुवै जिल्लामा हाल सबै सेवा सुचारू भइसकेको भन्दै शनिबारदेखि पाँच दिनसम्म
फोन र एसएमएस गर्दा शुल्क नलाग्ने गरी प्रबन्ध गरेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । टेलिकमले उद्धार कार्य र सूचना आदान प्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाईफाई सेवा समेत उपलब्ध गराएको छ .