आज घट्यो सुनको भाउ, तोलाको कति ?

आर्थिक

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *