इजरायलमा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने सरकारको निर्णय

समाचार

काठमाडौंः सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको परिवारलाई जनही दस लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सोमवार मन्त्रिपरिषद्को आकस्मिक बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएका दस जना नेपालीहरूको परिवारलाई सो रकम दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत् निकासा गर्ने निर्णय गरेको छ। त्यस्तै नेपाली विद्यार्थीहरूको दुःखद निधनप्रति सरकारले भोलि (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नेपालका सम्पूर्ण सरकारी कार्यालय र कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने समेत निर्णय भएको प्रवक्ता शर्माले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *