नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटक अलिजेहले गरे इन्गेजमेन्ट

मनोरंजन

काठमाडौं । नेपाली चर्चित टिकटकर आयुष सिंह ठकुरी र पाकिस्तानकी एलिजे जमालीले औँठी साटासाट गरेका छन् । दुबईमा पारिवारिक सदस्यको उपस्थितीमा उनीहरुले शुक्रबार औँठी साटासाट गरेका हुन्।

टिकटकमार्फत नै चीनजान भई केही समययता प्रेम सम्बन्धमा रहेका आयुष-एलिजेको नेपालसंगै अन्य देशमा पनि लाखौँ प्रशंसकहरु रहेका छन् । यी दुई पछिल्लो समय ‘टक अफ द टाउन’ बनिरहेका छन् ।

आयुष र जमालीले आ-आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् । एकअर्काले औंठी लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ । ‘मुझे मेरी रानी मिलेगी’ क्याप्सनसहित आयुषले भिडियो पोस्ट गरेका छन् । जमालीले पनि लेखेकी छिन्, ‘प्रमिस रिङदेखि इन्गेजमेन्ट रिङसम्म ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *