क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका दीपेन्द्र प्रहरी सहायक हवल्दारमा बढुवा

रोचक

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी  प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाएर

दुर्लभ कीर्तिमान बनाएका दीपेन्द्र प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् । दीपेन्द्रकाे कीर्तिमानकाे प्रशंसा गर्दै उनलाई विशेष बढुवा गरेकाे प्रहरीले जनाएकाे छ । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आबद्ध थिए ।

१९ औँ एसियाली खेलकुदअन्तर्गत मङ्गाेलियासँगकाे खेलमा दीपेन्द्रले ९ बलमा ८ छक्कासहित अर्धशतक बनाएका थिए । उनले याे कीर्तिमान बनाउने क्रममा भारतका पूर्वक्रिकेटर युवराज सिंहले १२ बलमा बनाएकाे कीर्तिमान ताेडेका थिए । मङ्गाेलियासँगकाे खेलमा दीपेन्द्र ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर पनि बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *