“दु’र्घटनामा परेरमा, शिक्षक शर्माको कैलाश खोलामा अ’न्तिम दा’हासंस्कार गरियो”

अछाम – अछामको कैलाश खोला नजिकै मोटरसाइकल दु’र्घटनामा परेर निधन भएका मंगला नेरा मावि ओलिगाउका लेखापाल माधव शर्माको हिन्दु परम्परा अनुसार शनिबार आज अन्तिम दाहासंस्कार गरिएको छ । ओलिगाउकाे कैलाशख‍ोलामा उहाँको अन्तिम दाहासंस्कार गरिएको हो ।

मृतक शर्मा नेपाल बिद्यालय कर्मचारी परिषद मंगलसेन नगर कमिटी अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर सदस्य समेत रहेकाले नेपाल राष्ट्रिय शिक्षक संगठनको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिईएको थियो ।

नेराशि संगठन अछामका अध्यक्ष सर्पराज रिमालले शर्माको पार्थिव शरिरमा झण्डा ओढाउदै दुखद घटना भएकाले ईमानदार, लगनशील शिक्षक गुमाउनु परेकाले निकै पीडा बोध भएको बताउनु भयो । दुखको यश घडिमा शोकाकुल परिवार जनमा गहिरो समवेदना ब्यक्त गर्नुका साथै परिवारजनमा समवेदना ब्यक्त गर्न भएको थियो । मृ’तक शर्माका आमा, भाइ र २ छोरा र श्रीमती छन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!