जन्ती बो’केको टिपर दु’र्घटना : दुई ज’नाको ज्या’न गयो, २४ जना घा’इते

काठमाण्डाै – सिन्धुलीको दुधौली नगरपालिका-५ ठाकुरखोलामा जन्ती बोकेको टिपर पल्टिँदा दुई जनाको ज्या’न गएको छ । २४ जना घाइते भएका छन् ।

हिजो बेलुका सवा ८ बजे ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ पल्टिँदा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षका अजय दनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते २४ जनामध्ये चार जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । अन्य घाइतेको भने सिन्धुली, कटारी र विराटनगरका अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । बेहुला र बेहुली अर्कै गाडीमा भएकाले उनीहरु सुरक्षित रहेका पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!