‘एक रातको होइन, एक पटकको १५ सय, जाने भए हाम्रैमा जाने हो’

काठमाडौं : सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अ’त्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका थिए।

पुलमा पाँचछ जना युवती यताउता गरिरहेका थिए। केहीले सलले मुख छोपेका थिए भने केहीले मास्क लगाएका थिए। एक युवतीले जिन्स पाइन्टमा क्रप टिसर्ट लगाएकी थिइन्। अर्की एक जनाले स्कर्ट र सेतो सर्ट लगाएकी थिइन्। पुलमा ओहोर–दोहोर गरिरहेका उनीहरू पुलमा अडेस लागेर बसेका पुरुषको नजिक जाँदै कुराकानी गरिरहेका थिए।

एक जना पुरुषसँग उनीहरूले के कुरा गरिरहेका छन् भनेर चासो राखियो, ‘यिनीहरू को हुन्? तपाईंलाई के भने?’ अकमकाएर उनले भने, ‘केही होइन। ‘जाने हो’ भनेर सोध्दै थिए।’ पुलको छेउमा आड लागेर बसिरहेका ती दुई युवतीसँग ग्राहक बनेर सोधियो– ‘कति हो नि रेट?’

‘१५ सय,’ एउटीले भनिन्।

‘एक रातको? अनि कहाँ जाने? हाम्रोमा कि तपाईंकोमा?’

‘एक रातको होइन, एक पटकको १५ सय। जाने भए हाम्रैमा जाने हो।’

‘प्रहरीको डर हुँदैन?’

‘नजिकै हो। यही धरहरा पछाडि। कोठा हो आफ्नै। कसैले केही गर्दैन।’

‘हामीलाई लु’ट्नुभयो भने नि?’

‘त्यस्तो केही हुँदैन। विश्वास भए जाम्। नभए धेरै ल्याङ–ल्याङ नगर्दा हुन्छ।’ त्यसपछि उनीहरू अन्यत्र लागे।

महानगरीय प्रहरी वृत्तनजिकैको आकाशेपुलमा चार जना पुरुष गफिँदै उभिइरहेका थिए। उनीहरू सबै २५–३० वर्षका देखिन्थे। पुलमा छिटफुट मानिस हिँडिरहेका थिए। केही समयपछि उनीहरू भएको ठाउँमा दुई युवती देखापरे। उनीहरूमध्ये एकले सर्ट र स्कर्ट लगाएकी थिइन्। अर्की एक जनाले सर्ट–प्यान्ट लगाएकी थिइन्। एक जनाको हातमा गाढा नीलो रङको ब्याग झुण्डिरहेको थियो। उनीहरू त्यहाँका पुरुषहरूसँग गफिन थाले। एक युवतीले ब्यागबाट चुरोट झिकेर सल्काइन्। केही नजिक पुगेपछि उनीहरूको कुरा सुनियो। उनीहरू रात कहाँ बिताउने भन्नेबारे कुराकानी गरिरहेका थिए।

एक जना पुरुष सोधिरहेका थिए– ‘यहीँ बागबजारको गेस्टहाउसमा जाम्। तिमीहरूका अरू साथी छन् भने पनि बोलाऊ।’

उनीहरूको कुराकानी सुन्दा कति पैसामा जाने भन्ने रेट अगाडि नै तय भइसकेको लाग्थ्यो। एक युवतीले भनिन्, ‘गेस्टहाउसमा डर हुन्छ। हामी बस्ने होस्टेलमा जाऊँ। त्यहाँ अरू केटीहरू पनि छन्।’

‘उनीहरूको रेट कति हो नि?’ एक युवकले सोधे।

‘सबैको एउटै हो। एक पटकको २५ सय। छिटो भन्नुस्, जाने कि नजाने?’ एक युवतीले भनिन्।

‘जाने हो,’ ती युवाले भने, ‘तर, होस्टेल कहाँ नि?’

‘बुद्धनगर,’ महिलाले जवाफ फर्काइन्।

दुई युवाले आ–आफ्ना पर्सबाट निकालेर पाँच हजार रुपैयाँ युवतीको हातमा राख्दै भने, ‘अरू होस्टेल पुगेर काम भएपछि दिउँला।’ त्यहाँबाट छ जनाको टोली बागबजारतिर लाग्यो।

छातामुनि बार्गेनिङ

आकाशेपुलमा मानिसको आवतजावत थियो। केही भने लामो समयसम्म पुलमा यताउता गरिरहेका देखिन्थे। पाँचछ जना छाता ओढेका महिला पनि पुलको एक छेउदेखि अर्को छेउसम्म हिँडिरहेका थिए। कसैले मास्क लगाएका थिए भने कसैले सलले मुख छोपेका थिए।

पुलमा यताउति गरिरहेका मानिसहरूसँग उनीहरू कुम ठोक्याउँदै हिँडिरहेका थिए। त्यत्तिकैमा एक जना युवती एक जना पुरुषसँग आएर टाँसिइन्। उनले रातो रङको टिसर्ट, सेतो आउटर र कालो रङको प्यान्ट लगाएकी थिइन्। उनी तेस्रोलिंगी रहिछिन्। केही बेर ती पुरुषसँग कुरा गरेपछि त्यहाँबाट हिँडिन्।

ती पुरुषसँग सोध्दा उनले यौ’ ‘नक’र्मी तेस्रोलिंगीसँग रेट नमिलेको बताए। ‘मलाई जाऊँ–जाऊँ त लागेको थियो,’ उनले भने, ‘तर, रेटै मिलेन। १५ सय रे। त्यति धेरै तिरेर यस्तासँग के जानु? बरु गेस्टहाउसमा अलि बढी पैसा तिर्‍यो भने भन्याजस्तो केटी पाइन्छ।’ सुर्खेतबाट वैदेशिक रोजगारीका लागि अर्काे साता कतार उड्न लागेका उनले नाम नबताउने शर्तमा भने, ‘काठमाडौँ, माछापोखरीमा साथीसँग बस्छु। आज एउटीलाई उतैतिर लैजाऊँ भनेको। यो पुलमा त यौ’ ‘नक’र्मीको लस्करै हुन्छ। उनीहरूले भनेको ठाउँमा गयो भने त लुटेर पठाइदिन्छन्।’

उनीसँग कुराकानी गरिरहँदा अर्का एक जना व्यक्ति पनि आए। उनले एक पटक यौ’ ‘नक’र्मीले आफूलाई लुटेको सुनाए। ‘यही पुलबाट १५ सय रुपैयाँ भनेर एउटीले आफ्नो कोठामा लगेकी थिई,’ उनले भने, ‘त्यहाँ पुगेपछि भएको ४५ सय रुपैयाँ पनि लुटी।’ उनी राप्ती यातायातका सहचालक रहेछन्। गाडी अघिल्लो दिन काठमाडौँ आइपुगेको र सोही रात फर्किन लागेको बताउँदै उनले भने, ‘जानुअघि आफ्नै कोठामा लगेर यसो रमाइलो गरौँ भनेको कुरै मिलेन।’

ग्राहक खोजिरहेका यौ’ ‘नक’र्मीहरू बेला–बेला चर्काे स्वरमा अ’श्ली’ल श’ब्द बो’लिरहेका थिए। बाटो काट्नका लागि पुलमा हिँडिरहेकालाई उनीहरू वास्ता गर्दैनथे। तर, देहसुखको खोजी गरिरहेका जस्तो देखिइने पुरुषहरूसँग भने उनीहरू टाँसिन्थे, ठोक्किन्थे। रेट नमिल्दा उनीहरू भद्दा श’ब्द बोलिरहेका हुन्थे।

‘कुरा नमिलेर’ भौँतारिरहेका ती सहचालक एक जना युवती भएतिर लागे। उनीसँगै अर्का एक जना पाको उमेरका पुरुष पनि गए। पुलको मध्यभागमा पहँेलो कुर्ता–सुरुवाल लगाएकी युवतीसँग उनीहरू गफ गर्न थाले।

युवती भनिरहेकी थिइन्, ‘जाने भए मेरोमा जाऊँ, नत्र हुँदैन। एक पटकको एक जनालाई १३ सय मात्रै हो।’

सहचालकले भने, ‘बरु १५ सय दिन्छु, मेरोमा जाऊँ।’

निकै बेर उनीहरूबीच ‘तेरोमा-मेरोमा’ भइरह्यो।

अन्त्यमा पहेँलो कुर्तावाली युवतीले रिसाउँदै र अ’श्ली’ल श’ब्द बोल्दै भनिन्, ‘हुँदैन भनेपछि हुँदैन। करको व्यापार गरिँदैन। जाने भए मैले भनेको ठाउँमा खुरुक्क हिँड, नत्र आफ्नो बाटो नाप।’ सहचालक र पाको पुरुष मुख रातो पारेर आफ्नो बाटो लागे।

आकाशेपुलको अर्काे कुनामा खरानी रङको टिर्सट र कालो प्यान्ट लगाएकी महिला एक जना अधबैँसेसँग बार्गेनिङ गर्दै थिइन्।

‘एक घण्टाको १२ सय, एक रातको पाँच हजार !’ उनी भन्दै थिइन्। अधबैँसे चाहिँ ‘अलि कम गर न’ भन्दै थिए।

‘कममा जानेलाई लैजानू,’ उनी भनिरहेकी थिइन्, ‘मेरो रेट त तलमाथि हुँदैन।’
पुलमा यौ’ ‘नक’र्मीसँगै दलालहरूको सक्रियता पनि उत्तिकै थियो। दलालहरू ‘नजिकैको गेस्टहाउसमा केटी छन्, जाने हो?’ भन्दै पुलमा भएका मानिसलाई सोधिरहेका भेटिन्थे। उनीहरू मसिनो आवाजमा ‘जाने भए म फोन गर्दिन्छु’ भनिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!