भारतलाई रुसको यस्तो अफरले, नेपालमा अब पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५० रुपैयाँ घट्ने भयो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य ५० रुपैया लिटर हुने पुटिनको सन्देशयुक्रेनमा रुसले गरेको आक्रमणका कारण अमेरिका र युरोपेली देशहरुले रुसमाथि धेरै किसिमका आर्थिक प्रतिबन्ध लगाएका छन् । एक दिन अघिमात्र अमेरिका र युरोपेली देशले रुसबाट तेद आयातमा समेत प्रतिबन्ध लगाएका छन् ।

यी प्रतिबन्धबाट समस्यामा परेको रुसका तेल कम्पनीहरुले भारतलाई तेलमा भारी छुट दिने अफर गरेका छन् । बिजनेस स्ट्याण्डर्डको रिपोर्टअनुसार रुसका तेल कम्पनीहरुले भारतलाई कच्चा तेलको मूल्यमा २५ देखि २७ प्रतिशतसम्म छुट अफर गरेका छन् । रुसी तेल कम्पनीहरुको यो अफरको सीधा असर नेपाली बजारमा पर्नेछ किनकि नेपालले भारतको इण्डियन आयल कर्पोरेशनबाट प्रशोधित तेल किन्छ ।

नेपालले कच्चा तेल किनेर प्रशोधन गर्दैन । इण्डियन आयलले कच्चा तेल किनेर प्रशोधन गरेपछि त्यो प्रशोधित तेल नेपालले किन्ने गरेको छ । इण्डियन आयलले भारी छुटमा तेल किनेर सस्तो मूल्यमा आफ्नो बजारमा बिक्री गर्दा नेपालले पनि सस्तो मूल्यमा तेल पाउने सम्भावना उच्च हुन्छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भारी वृद्धि हुँदा त्यसको असरले नेपाली बजारमा पनि तेलको मूल्य बढिरहेको छ । भारत विश्वमै दोस्रो धेरै जनसंख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो । भारत विश्वमै दोस्रो धेरै जनसंख्या भएको देश र क्षेत्रफलको हिसाबले सातौं ठूलो देश हो ।

भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद, महासभा लगायत कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा युक्रेन आक्रमणको मुद्दामा रुसको निन्दा वा रुसविरुद्ध मतदान गरेको छैन । यस्तोमा रुसी कम्पनीहरुले भारतीय बजारलाई प्राथमितामा राखेका छन् । पश्चिमी बजार बन्द भएसँगै रुसका लागि भारत निकै महत्वपूर्ण बजार बनेको छ ।

युक्रेन आक्रमणका कारण रुसका कैयौं बैंकहरुलाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली ‘स्विफ्ट’बाट हटाइएको छ जसले रुसलाई । अन्य देशहरुसँग व्यापार गर्न कठिनाइ भइरहेको छ । रुसको सरकार यो समस्याबाट बाहिर निस्किनको लागि नयाँ भुक्तानी प्रणाली निर्माण गर्ने काममा जुटेको छ रुसले नयाँ भुक्तानी प्रणाली विकास गरेर आफ्ना साझेदार देशहरुलाई जोडेको अवस्थामा भारत पनि यो प्रणालीमा जोडिनेछ ।

र रुसको भारतसँग व्यापार बढ्नेछ । यो व्यापारमा ठूलो हिस्सा तेलले ओगट्नेछ किनकि रुस विश्वका सबैभन्दा ठूला तेल निर्यातक मध्ये एक हो । रुसले प्रतिदिन ७ मिलियन ब्यारल तेल निर्यात गर्छ रुसको सबैभन्दा ठूलो सरकारी तेल कम्पनी रोसनेफ्टबाट भारतले अधिक मात्रामा कच्चा तेल किन्छ । गएको डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आएका बेला रोसनेफ्ट र इण्डियन आयलले २०२२ को अन्त्यसम्म नोभोरोस्सिएस्क बन्दरगाहमार्फत भारतलाई २ करोड टनसम्म तेल आपूर्ति गर्ने एक सम्झौतामा हस्ताक्षर गरेका थिए। – डिसीनेपाल

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!