आफ्नै नवजात शि’शुको ह’त्या गर्ने महिला प’क्राउ”

चितवन । चितवनमा आफ्नै नवजात शिशुको ह’त्या गरेको अभियोगमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नं – १० टुडीखेल बस्ने २१ वर्षीया मन्जु चेपाङ रहेकी छन्।

चेपाङले नवजात शिशुलाई हत्या गरेको अभियोगमा आज (आइतबार) पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए। गत फागुन १९ गते दिँउसो करिब ४ बजे सालनाल सहितको नवजात शि’शु मृ’त अबस्थामा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!