पलको बयानः सु’त्ने बेला गु’डना’इट भनेर फ’र्किएको हुँ, ज’बर्ज’स्ती गरेको होइन”

काठमाडौँ — ब’ला’त्कार गरेको आ’रोप लागेका क’लाकार पल शाह’विरुद्धको अनुसन्धान अहिले जारी छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ । उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।

पलविरुद्ध गैँडाकोटमासमेत उजुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो । उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन् । १७ वर्षीया गायिकाले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उनले पहिलो उजुरी तनहुँमा र दोस्रो गैँडाकोटमा दिएकी हुन् ।

सोही उजुरीका आधारमा उनलाई गैँडाकोटमा बयानका लागि लगिएको हो । कावासोतीस्थित सरकारी वकिलसमक्ष दिएको बयानमा पलले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबर्जस्ती गरेको होइन ।

उनले आफू र आफूविरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन् । सो होटलको १०१ नम्बर कोठामा आफू र गायिका १०२ नम्बर कोठामा बसेको उनले बताएका छन् । होटल सञ्चालकले समेत आफूहरुले सुटिङ युनिटलाई केही कोठा दिएको र कुन कोठामा को–को बसे भन्नेबारे जानकारी नभएको बताएको बताइएको छ । प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको छ ।-रासस

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!