१८ महिने बालिकाको ह’त्या आ’रोपमा दुई ज’ना प’क्राउ

काठमाडौँ – १८ महिने बालिकाको ह’त्या आ’रोपमा दुईजना प’क्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका ७ की बालिकाको ह’त्या आ’रोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।

दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। तर‚ प’क्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छ। आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी

गरिएको मुकारूङले बताए। घरबाट शुक्रवार अपराह्न ४ बजे हराएकी बालिका ५ बजेतिर घरभन्दा १५० मिटर दूरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। उनको विराटनगरस्थित नोबेल अस्प’तालमा उपचारका क्रममा शनिबार मृ’त्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!