१ लाख ५ हजार ५ सय पुगेको सुनको भाउ आज सो’च्ने न’सक्ने गरी घ’ट्यो’

काठमाण्डाै ; हिजो बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ३५ सय रुपैयाँले घटेको छ । हिजो तोलामा २५ सय रुपैयाँले बढेर एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको सुनको भाउ आज ३५ सय रुपैयाँले घटेर

एक लाख २ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । रुस-युक्रेन युद्धको असर सुन बजारमा पनि परेको छ । युद्धको असर अझै पनि सुनमा पर्ने सम्भावना रहेकाले भाउ बढ्न सक्ने अनुमान गरिएको छ ।

तर, अन्तर्राष्ट्रिय बजार मूल्यमा नै भर पर्नु पर्ने अवस्था रहेकाले भाउ बारे यसै भन्न नसकिने महासंघमा पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!