दुई दिन सार्वजनिक बिदा (सूचना सहित)

काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ । अन्तर पालिका स्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरू समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका छन् ।

यो पनि पढ्नुहोस – एसईइमा लागेको नियम हट्यो, कक्षा १२ का लागि लाग्यो नयाँ निमय”
अब जुन उमेर समुहले पनि एसईइ परिक्षा दिन पाउने भएका छन् । यस अघि लाग्दै आएको नियम हटाइएको छ । यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएपछि अब जुन उमेरकाले पनि परिक्षा दिन पाउने भएका हुन् ।

अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो । यो वर्षदेखि कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई उमेर हद लागु हुनेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने, ‘अब एसएलसी भनेको कक्षा १२ हो । त्यहाँ उमेर हद लागु हुन्छ अब कक्षा १० मा लागु हुँदैन ।’ एसएलसीमा कति उमेर हद लागु गर्ने भन्ने कानूनत अधिकार बोर्डलाई भएकोले बोर्डले निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!