नेपालले श्रीलङ्का नेभीलाई दियाे १ सय ९७ रनकाे लक्ष्य”

काठमाण्डाै – दोस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टाेलीले श्रीलङ्का नेभीलाई एक सय ९७ रनको लक्ष्य दिएको छ । कोलम्बोमा आज मङ्गलवार पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए ।

यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८/८ तथा कुशल भुर्तेलले तीन रन बनाए । विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १/१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे ।

हिजो साेमवार भएको खेलमा श्रीलङ्का नेभीलाई एक सय तीन रनमा अलआउट गर्दै नेपाल एक सय ११ रनले विजयी भएको थियो ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय शृङ्खलाकाे तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!