किन भइरहेको छ नेपालमा जोसियलको बिरोध ?

के हो त जोसियल?

बेलायतमा कम्पनि रजिस्टर गरिएको जोसियल नामक डिजिटल बिज्ञापन कम्पनीले विश्वभरिको फेसबुक जस्ता सामाजिक संजाल प्रयोग कर्तामा खुशीको लहर छाईरहेको छ। यस कम्पनीको सस्थापक जेमी मार्च ( बेलायति नागरिक ) हुनुहुन्छ। उहाले आज भन्दा १३ बर्ष पहिले नै यस प्लाटफर्म बारे गहिरो अनुसन्धान गरि सामाजिक संजालबाट नै दुनिया भरका सोसियल मिडिया प्रयोग कर्तालाई राम्रो आम्दानी गर्न सकिने घोषणा गरि बेलायतको सम्पूर्ण कानुनको अधिनमा रहेर कम्पनि दर्ता गरिएको छ। विभिन्न खोज , अनुसन्धान , अनुभब , मूलाकात आदिबाट सफलता पाइसके पछि , बल्ल सन् २०२० मा यस कम्पनि पब्लिक रुपमा कार्य गर्न शुरुवात गरियो। कम्पनीको भनाई अनुसार अहिले सम्म विश्वको २०० भन्दा बढी देशमा लगभग ६० लाख भन्दा बढी मानिसहरु जोडिसकिएको र यस कोरोना कहरको समयमा लाखौको घरमा खुशियाली छाएको जानकारी आएको छ।

जोसियल: समाचार, भ्रम र यथार्थ

पछिल्ला दिनहरूमा नेपालमा एक बिदेशी कम्पनीले सोझासाझा नेपालीहरुलाई ठगी गरेको समाचारले केही अनलाइन पत्रिकामा स्थान पाएको र युट्युब तथा टिकटमा पनि यस सम्बन्धमा थुप्रै भिडियोहरु सार्वजनिक भएको यथार्थ सबै माझ छर्लङ्ग छ। साथै नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन अघि मात्र एउटा सूचना प्रकाशित गरी जोसियल लगायतका केही विदेशी कम्पनीले सोझासाझा नेपालीहरुलाई ठगी गरेको भन्दै ठगीन बाट जोगिन सुझाव दिंदै यस्तो कार्य गर्ने गराउने दुबैलाई जरिवाना तथा कैद सजाय हुने जनाएसंगै नेपालमा अहिले एउटा तरंग पैदा भएको छ। यसै सन्दर्भमा आज जोसियल के हो र के वास्तवमै यसले जनताहरुलाई ठगी नै गरेर पूंजी पलायन गरेको छ त? भन्ने विषयमा छोटो चर्चा गरौं।

के हो त जोसियल?
यो एउटा बेलायतमा दर्ता भएको र विश्वका २०० भन्दा बढी मुलुकमा वेब बेस मोडलमा विभिन्न विश्व प्रसिद्ध कम्पनीले उत्पादन गरेका विभिन्न प्रोडक्ट हरुको सामाजिक सञ्जाल प्रयोगकर्ता मार्फत सामाजिक सञ्जालमा (हाल फेसबुक मार्फत ) विज्ञापन गराएर सो बापत केही रकम प्रदान गर्ने काम गरिरहेको कम्पनी हो। यसले आफूलाई इन्फ्लुएन्सर मार्केटिङ कम्पनी जनाएको छ, जसको काम जनताहरुलाई विभिन्न प्रोडक्ट हरू बारेमा विज्ञापन गराएर विभिन्न ब्राण्डका सामानहरूको मार्केटिङमा सघाउ पुर्याउनु रहेको देखिन्छ। जसबाट सामाजिक सञ्जालका प्रयोगकर्ताले आफूले ती प्रोडक्ट हरुको को विज्ञापन आफ्नो फेसबुक मार्फत गरे वापत केही रकम प्राप्त गर्ने गर्दछन्।

यो कम्पनीले यसरी विज्ञापन पोस्ट गरेर आम्दानी गर्नको लागि केही रकम लिने गरेको पाइन्छ। जसलाई कम्पनीले सब्स्कृव्सन शुल्क भन्दछ,यो कुनै लगानी नभएको र फिर्ता नहुने भन्दै यो शुल्क तिरे वापत व्यक्तिले आफूले आफ्नो फेसबुक मार्फत विज्ञापन गर्न पाउने र तिरेको रकम भन्दा धेरै गुणा बढी रकम आर्जन गर्न सक्ने जनाएको छ। रकम डलरमा लिने र दिंदा पनि डलरमा नै दिने गरेको पाइन्छ।

यसै गरी जोसियलमा जोडिएर काम गर्नको लागि न्यूनतम ६० डलर देखि अधिकतम २४०डलर प्रति वर्ष लिने गरेको पाइन्छ जुन रकम नेपाल सरकारको नीति अनुसार एउटा व्यक्तिले आफ्नो खाता भएको बैंक बाट लिन पाउने डलर कार्डबाट प्रति वर्ष खर्च गर्न पाउने रकमको सिमाभित्र नै पर्छ। यसरी हेर्दा जोसियलले देसको पूंजी पलायन गरेको भन्न मिल्ने देखिंदैन। त्यसैगरी यसबाट हरेक व्यक्तिले आफूले सब्सक्राइब गरेको रकम भन्दा धेरै गुणा बढी रकम आर्जन गर्न सक्ने हुंदा उल्टै विदेशी रकम नेपाल भित्रिने देखिन्छ।

के यो समाचारमा उल्लेख गरिएजस्तै पोन्जी स्किम, एमएलएम वा पिरामिड शैलीको नेटवर्किङ हो त?
झट्ट हेर्दा जोसियलको सिस्टम नेटवर्किङ जस्तो देखिन्छ तर यसको गहिराइ सम्म पुगेर अध्ययन गर्दा यो कम्पनीको सिस्टम यसपूर्व नेपालमा आएर लाखौं नेपालीहरुलाई ठगी गरेर भागेका अन्य कम्पनीहरु संग मेल नखाने देखिन्छ। किनभने,यो कम्पनीमा आवद्ध हुने जो कोहीले पनि आफ्नो सिस्टममा एक जना पनि नजोडिकनै पनि कमाउन सकिन्छ तर नेटवर्किङ कम्पनीमा यस्तो हुंदैन।

नेटवर्किङ कम्पनीमा सदस्य नजोडेको अवस्थामा कमाउन सकिंदैन भने यसमा सदस्य बनाउनु अनिवार्य छैन। फेरि जोसियलमा आवद्ध भएर काम गर्दा कसैले कुनै पनि सामान विक्री वितरण गर्न पर्दैन। न त आफ्नो फेसबुक वालमा पोष्ट गरेका विज्ञापन मा कुनै लाइक, कमेन्ट गर्नु नै आवश्यक हुन्छ। यसप्रकार हेर्दा, यसलाई MLM कम्पनीको रुपमा पनि हेर्न मिल्दैन। त्यसैगरी, नेपालमा केही समय यता वस्तुको प्रत्यक्ष विक्री वितरण गर्ने गरी लाइसेन्स लिएर काम गरिरहेका कम्पनीले जस्तो जोसियलले कुनै सामान अनावश्यक महंगो मूल्यमा बिक्री वितरण गर्दै जनतालाई ठगी गरेको पनि देखिंदैन।

नेपालमा यो बैध कि अबैध?
नेपालमा अहिले जोसियलमा आवद्ध भएर काम गर्ने करिब ४० देखि ५० हजार प्रयोगकर्ता साथै काम गर्ने सोच बनाएकाहरूले यो कम्पनीको बैधानिकता माथि उठेको पेचिलो प्रश्नको उत्तर खोजिरहेका छन् साथै काम गर्न के गर्ने भनेर अलमलमा परेको देखिन्छ।यस सम्बन्धमा कुरा गर्दा हामीहरूले बुझ्न जरुरी कुरा के छ भने कुनै पनि नवीन काम तथा प्रोजेक्ट कुनै पनि मुलुकमा आउंदै गर्दा त्यस सम्बन्धी नीति, नियम र कानुन पहिले नै बनिसकेको नहुने भएकाले त्यो दोस्रो चरणमा पर्दछ र त्यो बनाउने काम राज्यको हुन्छ। यसर्थ नयाँ इनोवेटिव तथा डिस्रप्टिव मोडलमा उपलब्ध यसप्रकारका प्रोजेक्ट हरुलाई अध्ययन गरी आवश्यक नीति नियम बनाएर कानुनी दायरामा ल्याउने काम राज्यले यथासिघ्र गर्नु पर्ने हुन्छ। जसबाट धेरै नेपालीले रोजगार प्राप्त गर्ने तथा राज्यले कर प्राप्त गर्ने हुंदा सबैलाई फाइदा नै हुन्छ।

अर्को तर्फ जुन तरिकाले विभागले सुचना निकाल्ने काम गर्यो, त्यो हेर्दा के प्रष्ट हुन्छ भने, त्यस सम्बन्धमा विभागले कुनै पनि अध्ययन नै नगरी कुनै बाहिरी दवाव या प्रभावमा हतारमा सुचना प्रकाशित गरेको छ। जसबाट धेरै सर्वसाधारण जनताले त्रसित महसुस गरिरहेका छन्। यो मोडललाई अबैध भन्ने हो भने नेपालमा अहिले यस्ता धेरै एप तथा साईट हरु बन्द गर्नुपर्ने हुन्छ। उदाहरणका लागि हेरौं –

फेसबुक- नेपालमा अहिले धेरै व्यापारीहरूले फेसबुक मार्फत डलर तिरेर आफ्नो व्यवसाय बुस्ट गर्ने काम गरिरहेका छन्। जसबाट राज्यले कर प्राप्त गरेको छ त?
जुम एप- सामान्य नेपाली लगायत राज्यका सबै निकायहरुमा यो एप प्रयोग गरिन्छ तर यसको शुल्क विदेश जान्छ। यो एप देसको कुन कानुन बमोजिम दर्ता भएको छ र राज्यले कर प्राप्त गरेको छ त?

अनलाइन गेमहरु- हाल अनलाइन गेमहरु अत्यधिक मात्रामा खेलिएको पाइन्छ, जसमध्ये धेरैमा शुल्क तिरेर खेल्नु पर्ने र थुप्रै नेपाली बालबालिकाहरु यसको शिकार भएको पाइन्छ, त्यस तर्फ राज्यको ध्यान गएको देखिंदैन। यस्ता धेरै गेमिङ एपमार्फत कयौं डलर बाहिरिएको छ। राज्यले कर प्राप्त गरेको छ त?

यसप्रकार टिकटक, युट्युब, लगायतका विभिन्न माध्यमबाट पनि हाम्रो देशमा धेरैले धेरथोर लाभ प्राप्त गरेको तथा केही रकम बाहिर पनि गएको छ, त्यस तर्फ राज्यको ध्यान गएको देखिंदैन। यसरी हेर्दा जोसियललाई पनि अबैध मान्न सकिदैन। यदि यो अबैध हो भने नेपालबाट यस्ता धेरै एप तथा साईट हरु बन्द गर्नुपर्ने हुन्छ। बरु यसप्रकारका प्रोजेक्ट हरुलाई अध्ययन गरी आवश्यक नीति नियम बनाएर कानुनी दायरामा ल्याउने काम गर्ने हो भने त्यस बाट राज्यलाई फाइदा नै हुने देखिन्छ।

निष्कर्षमा के भन्न सकिन्छ भने, सरल र सहज तरिकाले जोसियलबाट आम्दानी हुने भएकाले नेपालमा घुमाउरो पाराले नेटवर्किङ गर्ने अनुमति प्राप्त गरेका विभिन्न कम्पनीमा काम गरिरहेका वितरकहरु अधिकांश यसमा आवद्ध भएर काम गर्दा उनीहरुको व्यवसाय धरापमा परेको कारण त्यसका संचालकहरुले दिएको दवावका कारण यसप्रकारका भ्रामक समाचार तथा सुचना प्रकाशित गरेर सर्वसाधारण जनतालाई आतङ्कित गर्ने काम गरिरहेको स्पष्ट हुन्छ। यसबाट कोही पनि त्रसित महसुस नगरी काम गर्न पाउने अधिकार छ भने यदि यो सांच्चै नै अबैध हो भन्ने नेपालमा विद्यमान कानुन बमोजिम पुष्टि हुन्छ भने सरकारले छिट्टै नै आवश्यक अनुसन्धान गरी कारबाही गर्न अगाडि सरोस्। अन्यथा नेपाललाई फेरि ढुङ्गे युगतिर धकेल्ने षड्यन्त्र नहोस्।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!